तपाईको आजको राशिफल :-२०७४ साल आषाढ १० गते शनिबार


मेष
समस्याको समाधान आफैबाट खोजिनु आवस्यक देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग पाईनेछ ।
बृष

अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिवर्तन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद पर्न सक्छ ।
मिथुन
आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफलता मिल्नेछ । आर्थिक कारण काममा सामान्य ढिला सुस्ति हुनेछ । प्रयत्नबाट समस्या समाधान गर्न सकिने छ ।
कर्कट
व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।
सिंह
आय आर्जन बढ्ने छ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।
कन्या
अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । सामाजिक इज्जत,प्रतिष्ठा बढ्ने छ ।
तुला
धार्मिक विश्वास बढ्ने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपलब्धिका काममा समय दिन नसक्दा फाइदा अरुले लुट्ने छन् । आफ्नो इज्जतको ख्याल राख्नु होला ।
बृश्चिक
भाग्यमा अवरोध आउन सक्छ सजग रहनु होला । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउला ।
धनु
काममा सामान्य समस्या देखिए पनि ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि ढिला सुस्ति हुनसक्छ ।
मकर
समस्या देखेर पछि नहटि अगाडि बढ्नु होला सफल हुनुहुनेछ । शत्रुबाट काममा बाधा अवरोध आउन सक्ने हुदा गोपनियतालाई ध्यान दिनु होला । ऋणमा काम गर्दा विचार पु¥याउनु होला ।
कुम्भ
काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन ।
मीन
घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment