गर्मीले छटपटाएको घोडा कारको सिसा तोडेर भित्र छिर्यो, घोडा र चालकको अवस्था गम्भिर


एजेन्सी । सवारी साधन एकआपसमा ठोक्किएको समाचार दिनहुँ आइरहेका बेला भारतको जयपुरमा एक कार र घोडा एक आपसमा नमज्जाले ठोक्किएको खबर अहिले भाइरल बनिरहेको छ । ठक्कर यति तेज थियो कि घोडा कारको सिसा तोडेर भित्र प्रवेश गरेको तस्विर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

टाँगा तान्ने क्रममा रहेको बाँधिएको अवस्थाको घोडा डोरी तोडेर एक्कासी भागेर गर्मीमा छटपटाउँदै दौडिरहेका बेला अगाडिबाट आइरहेको कारको बोनटसँग ठोक्किँएर एक्कासी कार भित्र छिर्यो । कारसँग ठोक्किएको घोडाको अवस्था अत्यन्त नाजुक छ भने कार भित्र रहेका ब्यक्ति पनि गम्भिर छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment