मधुमेह (Diabetes) को रामबाण उपचार आपको पात, जान्नुहोस् ५ फाइदाहरु आपको पातको

हामीले आँप खाएकै हो । आँप स्वादिलो त छ नै स्वास्थ्यको लागि पनि अति लाभदायी छ । स्वस्थ आँपको सेवनले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । हामी सबैलाई आँपको फाइदा र महत्वबारे थाहा भएकै हो । तर हामी जो कोहीलाई थाहा नहुन सक्छ आँपको पातको पनि उत्तिकै फाइदा छ भनेर । त्यसैले आज हामी आँपको पातको फाइदाबारे जानकारी गराउँदै छौँ । जुन देखेर तपाई नै हैरान हुनुहुनेछ ।


यस्ता छन् आँपको पातका फाइदाहरु
१. ब्लड सुगर नियन्त्रण गर्छ
आपको पातको मद्धतले हामी ब्लड सुुगर नियन्त्रण गर्न सक्छौँ । यसमा हुने इन्सुलिनले ग्लुकोजको मात्रा बढाउन रोक्नुका साथै सुगरको लेभल समेत घटाउँछ । यसको लागि दैनिक विहान खाली पेटमा आपको पात चपाउनुहोस् वा एक चम्चा आँपको पातको रस पिउनुहोस् ।
२. किड्नीको स्टोनबाट बचाउँछ
आपको पातमा पत्थरीको समस्या समाधान गर्ने शक्ति हुन्छ । यसको लागि आँपको पातको पाउडर बनाउने र पानीमा घोल बनाएर पिउने गर्नुहोस् ।
३. कोलेस्ट्रोल कम गराउँछ
आँपको पातमा कोलेस्ट्रोल कम गराउने क्षमता हुन्छ । कोही सुगरको बिरामी छ भने आँपको पातको सेवन गर्नुहोस् । यसमा फाइवर, भिटामिन पेक्टिन लगायतका तत्व हुन्छ । यसले कोलेस्ट्रोलको लेभल घटाउनुका साथै धमनी स्वस्थ राख्छ ।
४. दमबाट बचाउँछ
आँपको पातको सेवन गर्दा दमको रोगबाट बच्न सकिन्छ । दमको रोगीले आँपको पात पकाएर काँढा बनाउने र मह मिसाएर पिउनाले फाइदा गर्छ ।
५. पेटको विभिन्न रोगको लागि रामबाण
आपको पात सेवन गर्दा पेटको विभिन्न रोग निको हुन्छ । यसले पाचन प्रणाली नियमित गराउनुका साथै भोक जगाउँछ । थोरै आँपको पात तातो पानीमा राखेर रातभरी छोपेर राख्नुहोस् । भोली पल्ट बिहान खाली पेटमा त्यो पानी पिउनुहोस् । पेटका विभिन्न रोगहरु निको भएर जान्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment