पत्याउनै गाह्रो :- इण्डियन तामिल फिल्म हेरेर १३ बर्षिय युवती गर्भवती

एजेन्सी : एक १३ बर्षीया बालिकाले फिल्म हेरेकै कारण आफू गर्भवती भएको बताएपछि वलिउडको एउटा फिल्ममाथि अदालतको ध्यानाकर्षण भएको छ । जसका कारण फिल्म पास गर्ने सेन्सर बोर्डमाथि अदालतले गम्भीर प्रश्न खडा गरेको छ । त्यो एक तामिल फिल्म हो ।

जसको नाम ‘कलवानी’ हो । ती बालिका फिल्म रिलिज भएका बेलामा एक केटा साथीसँग फिल्म हेर्न गएकी थिइन् । अहिले तीनै बालिका गर्भवती भईन ।

उनले यो सबै ‘कालवानी’ फिल्म हेरेर गरेको र त्यसै कारण आफू गर्भवती भएको बताएकी छिन् । यस मुद्धामा चेन्नइ अदालतले सेन्सर बोर्डलाई आदेश जारी गरेको छ । फिल्मको विषयवस्तु र फिल्मलाई दिएको प्रमाण-पत्रका विषयमा अदालतले प्रश्न उठाएको छ ।

यस फिल्मका निर्देशक सर्कुनम हुन् । फिल्ममा अभिनेता विमल र अभिनेत्री ओविया मुख्य भूमिकामा छन् । फिल्म सन २०१० मा रिलिज भएको थियो । अदालतले जारी गरेको आदेशमा भनिएको छ ।१३ बर्षर्की गर्भवती किशोरी १० महिना पहिला आफ्नो प्रेमीसँग भागेकी थिइन । उनले ‘कलवानी’ फिल्मबाट प्रभावित भएर यस्तो कदम उठाएको बताइन् ।

अदालतले आदेश जारी गर्दै सेन्सर बोर्डमाथि प्रश्न उठाएको छ, यस्तो विषयवस्तु भएको फिल्म रिलिज गर्ने अनुमति किन दिएको ? यस फिल्मलाई दिएको यू सर्टिफिकेट सबैभन्दा बढी विवादको कारण बनेको छ ।

अदालतले फिल्मको विस्तृत विवरणसहितको एक फाइल तयार गर्न बोर्डलाई आग्रह गरेको छ । जसमा फिल्म निर्मातादेखि लिएर फिल्मको काटछाट गर्ने, सम्पादन गर्ने सबैको प्रतिक्रिया समावेश गर्न भनेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment