दक्षिण कोरियाबाट सञ्चालनमा रहेको देखिएको पोर्नसाइटमा नेपाली जोडीको सयौं नांगो भिडियो

दक्षिण कोरियाबाट सञ्चालनमा रहेको देखिएको पोर्नसाइटमा नेपाली जोडीको नांगो भिडियो यतिखेर संसारभरका लागि इन्टरनेटमा ‘टाइमपास’ बनिरहेको छ ।



तपाईंका पति अथवा ब्वाइफ्रेन्ड विदेशमा छन् ? उनीहरुसँग मस्किएर त गफ लडाउनु भएकै होला । कहिलेकाहिँ छिल्लिएर भिडियो च्याटमा पनि गर्नु भएको छ भने अब फस्नु भयो भनेर जान्नु होस ।

की नांगिनु भएको पनि छ बिचार गनुस् वर्वात होला रु तपाईंका भिडियो सार्वजनिक भएर संसारभर पुगेको हुन पनि सक्छ ।
हो, दक्षिण कोरियाबाट नेपाली चेलीकै बदनाम हुने गरी सञ्चालन भइरहेको एउटा पोर्नसाइटले संसारभरका नेपालीको नांगो भिडियो कलेक्सन गरेर यतिखेर हंगामा मच्चाइरहेको छ । कोरियाको साइटमा नेपाली यूवतीका सयौं नांगो भिडियो नेटमा देखिन थालेका छन् ।

त्यसमा नेपालबाट विदेश गएका युवाले घरमा पत्नी, प्रेमिकासँग छिल्लिएर गर्ने व्यवहारका भिडियो उस्तै अपलोड भएका छन् ।

मध्यरातिसम्म पत्नीसँग ल्यापटपमा गफिएका युवाका साथीले ल्यापटपबाट त्यस्तो क्लिप्स यो साइटमा अपलोड गरेको हुन सक्ने अनुमान गरिएको छ । कोही जानाजान आफ्ना पत्नीको नांगो भिडियो कि पो पोष्ट गर्लान् र ?

वेवसाइटमा नेपाली जोडीको नांगो भिडियो दैनिक पोष्ट बढेको छ । कहिलेकहीँ एउटादुईटा भिडियो पोष्ट भएको पाइएको छ भने संसारभरका नेपालीको धेरै भिडियो उसले संग्रह गरिसकेको छ ।

एलेक्साका अनुसार, यो साइट दक्षिण कोरियामा हेरिने साइटमा १,८९१ नम्बरमा छ भने संसारभर हेरिने साइटमा यो शनिबार ५८,४९१ मा छ ।

काठमाडौँमा केही इन्टरनेट प्रदायकले यो साइटलाई ब्लक पनि गरेका छन् । गुगलमा उसले जहाँजहाँ आफ्नो साइट ब्लक भएको छ, त्यहाँ यो सफ्वेयर नै इन्स्टल गरेर हेर्न सकिनेसमेत बनाएको छ ।

चीनमा फेसबुक बन्द भएपनि १० डलर तिरेर सफ्टवेयर प्रयोग गरेर फेसबुक चोरेर चलाइएजस्तै गरी यो साइटले पनि बल्क भएको ठाउँमा पनि हेर्नसकिने बनाएको छ आफूलाई ।साइटमा एउटा भिडियो कम्तीमा ६ हजारले हेरेको पाइएको छ । कुनै पनि भिडियो यु टुवमा उपलब्ध छैन् । साइटमा नेपालका काठमाडौँ, पोखरा, धनगढी, हेटौँडा, नारायणगढका भिडियो पनि छन् ।

जसमा केटीको नाम र थर नै उल्लेख गरेर भिडियो अपलोड भएको प्रष्टै पाइन्छ ,जसले गर्दा समाजमा पछि गाह्रो पर्छ ।
मध्यरातिसम्म बुढासँग छिल्लिएर नांगै बसेर गफ गरेका कुराकानीदेखि ढोका थुनेर ब्वाइफ्रेन्डसँग भिडियो च्याट गर्दै नांगिएकी पोखराकी किशोरीको भिडियो कम्तीमा १ लाख ५५ हजारले हेरेका छन् ।

साइटमा कुनमहिना कुन भिडियो अपलोड भयो भन्नेसमेत उल्लेख छ । ‘विदेशमा रहेर बुढीसँग गफिनेहरु चैँ साथीका कारण डुबेका छन्,’ मलेसियाका एक युवकले भने, ‘एउटै ल्यापटपमा साथीहरु पालैपालो कुरा गथ्यौँ, काममा गएका बेला बदमास साथीले सोझो साथीको भिडियो साइटमा अपलोड गरिदिएछ । उनी अहिले चिन्तामा छन् ।

नेपालमै पनि सबै सहरका भिडियो यसमा अपलोड भइसकेका छन् । भिडियोका नाम नै नेपाली केटीको नाममा छन् भने ‘भण्डारीकी बुहारी नुहाउँदै गरेको’ ‘छिमेकी गुरुङ्नी भाउजु’ मगर्नी दिदि ,तामाङ्नी यूवती जस्ता नामले धेरै महिलाकै अपमान हुने गरी साइटमा भिडियो पोष्ट भइरहेका छन् ।

साइटमा धेरैजसो भिडियो पतिपत्नी र प्रेमीप्रेमिकाबीचको सहबासका पाइन्छन् । जापानमा रहेका नेपालीको भिडियो, अस्ट्रेलिया नेपालीको भिडियो भनेर पनि उल्लेख गरिएका छन् ।

यी साइटले विस्तारै भाइरल बन्दै छन् । नेपालीको व्यक्तिगत जीवन पनि बर्बाद पारिरहेको छ ।रात्रिकालीन समयमा पतिसँग गरेको गफको भिडियो एकाएक इन्टरनेटमा आयो भने गाउँमा भएकी पत्नीको मनोदशा के होला रु यस्तै ब्वाइफ्रेन्डसँग गरिएको भिडियो च्याट साइटमा आएपछि किशोरीको जीवन र प्रेममा कति ठूलो धोका होला रु उनीहरुको जीवन नै तलमाथि पर्ने अवस्थासम्म आउनसक्छ ।

साइटले आफ्नो आचारसंहितामा भनेको छ, ‘हामीले यहाँ पोस्ट गरेका भिडियोहरु बिल्कुल सहमतिमा भएका कार्यमा सीमित छन् ।’

उसले बाल यौनदुराचार, बलात्कार, मानसिक शारीरिक त्रास देखाएर गरिने यौन दुव्र्यवहारको भिडियो नहालेको जनाएको छ । यति हुँदाहुँदै पनि घरको छतबाट तल्ला घर, पल्लाघरमा नुहाइरहेका सोझा छिमेकी महिलाका भिडियो पनि पोष्ट भएका छन् ।

साइटमा झन्डै चारसय भन्दा बढी भिडियो पोष्ट भएको पाइएको छ ।कतै तपाईंको पनि व्यक्तिगत जीवनमा यसले समस्या त पार्दैछैन ?

संसारभरमा हेरिएको ५८ हजार साइटमा परेको यो साइटले कतै ठूलै समस्या पो ल्याउँदैछ कि ? आफ्नै पति, प्रेमी, साथीसँग गरिएको यौनजन्य कार्यको विषयमा हेक्का राख्नु भएन भने समस्यामा पर्नु होला है । एउटा सानो गल्तीले कसैको जीवन बर्बाद नहोस् ।

अनि तपाईंका छोराछोरी ढोका थुनेर भिडियो च्याट गरिरहेका छन् भने अभिभावक चनाखो हुनुहोस् । छिमेकीले देख्ने गरी बाथरुमका झ्यालढोका खुला राखेर पनि ननांगिनुहोस् । योसाइट हेरेपछि धेरैले महसुस गर्नेछन्, ‘लौ यो भिडियोको मान्छे त देखेदेखे जस्तो लाग्छ, चिनेचिनेजस्तो लाग्छ ।’ भएन अब बर्बाद ! खबरहरु समेत अहिले बिभिन्न बल्ग साइटमा आइरहेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment