भगवान कहाँ छन् र कस्ता छन्? पढेर अवस्य सेयर गर्नुहोस्।


वि.सं. २०६९ को सम्भवतः माघ महिना थियो । बर्दिया कालिका गा.वि.स. वडा नं. ८ पशुपतिबजारमा सुदामा सत्संग बृद्ध समूहका संस्थापक तथा समाजसेवी, कवि, लेखक र विचारक कविगुरु श्री यज्ञप्रसाद सुवेदी बिरामी अवस्थामा आप्mनो घर गुलरियामा हुनुहुन्छ भन्ने जानकारी पाएर म वहाँलाई भेटन गएको थिएँ ।वहाँ धेरै बृद्ध नभए पनि श्वा“सप्रश्वाँस, मुटु तथा पिसाब सम्बन्धी रोगहरुबाट नितान्त पीडित हुनुहुँदो रहेछ । वहाँसँग मेरो परिचय भएदेखि नै मैले आफूप्रति वहाँको अत्यधिक स्नेह पाएको थिएँ र मेरो मनमा पनि वहा“प्रति साह्रै श्रद्धा र आदर भाव जागेर आएको थियो । यो आत्मीयताले वहा“ र मेरो बीच उमेरको अन्तरमाथि पुल बाँधेको थियो ।
वहाँले वर्तमान समाजले ईश्वरीय आस्था गुमाई रहेको र युवावर्ग नितान्त छाडा र दिशाविहीन हुन लागेकोले सम्पूर्ण वेद वेदान्त दर्शन र भौतिक विज्ञानलाई समेटेर ईश्वरको स्वरुप र निवासस्थान बारेमा यथेष्ट जानकारी हुने एउटा सानो पुस्तिका लेख्नुपर्ने अहिलेको युगको माँग हो ।
म अस्वस्थ छु, तपाईंले लेख्नुस न, भनेर मसँग प्रेमपूर्ण आग्रह गर्नुभयो । मैले त्यस्तो लेख्न सकौंला र ? बरु हजुरले भन्दै जानुस म टिप्दै विस्तार गर्दै जान्छु, भनें । वहाँले तपाईले लेख्न सक्नुहुन्छ भन्ने कुरामा म विश्वस्त भएर नै भनेको हु“, बरु मैले समय समयमा सक्दो मार्गदर्शन गरौंला भनेर भन्नुभयो । मैले स्वीकार गरें । वहा“को आर्शीवाद मागें । उहाँले मेरो जीवनको ठूलो धोको पुरा हुने भयो भन्नु भयो र खुशी हुनु भयो ।
त्यसपछि मैले आप्mनो अध्ययनलाई विस्तारित गरें । भरसक सानो पुस्तक बनोस भन्ने कविगुरुको आग्रहमा विषयवस्तुको छनौट र संक्षिप्तीकरण, गागरमा सागर भर्ने प्रयाशमा लागें ।बीच बीचमा वहांसंग जान थालें । शास्त्रीय विषयहरु बुझन थालें । वहाँको श्रीमद्भगवत् गीतामा राम्रो दख्खल रहेकाले एकदिन ३ वटा श्लोकहरु बोल्नुभयो र, कठिनाइसँग २ ओटाको अर्थ बताउनु भयो तर रुग्ण अवस्थाले गर्दा तेश्रो श्लोकको अर्थ प्रष्टसँग भन्न सक्नु भएन । मैले लेख्न शुरु गरें तर तारतम्य मिलाउन सकिन ।
वहाँको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रदै गएकोले मार्गदर्शनको अभाव भयो । म अल्मलिएको अवस्थामा थिएँ र त्यसै बेला बिद्धान साहित्यानुरागी व्यक्तित्व श्री किशोर कुमार गौतमले मलार्ई पुस्तक लेख्न प्रोत्साहित गर्नुभयो र, वहाँले आध्यात्मिक तथा हिन्दु दर्शनका बारेमा चर्चा गर्नुभयो ।
वहाँवाट मैले धेरै कुरा जान्ने र सिक्ने अवसर पाएँ । जसबाट मैले यो पुस्तक लेख्न शुरु गरें तर कविगुरुको असामयिक निधनले एकातिर साहित्यिक समाजलाई अपूरणीय क्षति त भयो नै साथै मैले वहाँको विद्वता, विवेक, आध्यात्मिक भावना र दार्शनिक चिन्तनलाई बुझ्न र राम्ररी प्रस्तुत गर्ने अवसर नपाएकोमा दुखी छु ।
यो पुस्तक लेखन गर्न अहिले सम्मको मेरो आफनो अनुभव र मानव व्यवहारमा कसी लगाउंदा सत्य ठहरिएका विचारहरु, यही विषयका ज्ञाताहरुसंगको सत्संग,प्रश्नोत्तरात्मक चर्चा र साहित्यिक परिवेश प्राप्त गर्ने भरसक प्रयत्न गरेको हुँ र यसैसाथ संलग्न सूचीमा उल्लेखित ग्रन्थहरु र विशेषतया पूज्य गुरु पं. श्रीराम शर्मा आचार्य का कृति र यस पुस्तकको भाग ३ ,४ का विषय वस्तु “ एकात्म मानव दर्शन अनुसन्धान एवं विकास प्रतिष्ठान स्वामी रामतीर्थ नगर नई दिल्ली द्वारा प्रकाशित धर्म और विज्ञान तथा एकात्मक मानव दर्शन ”
बाट साभार ग्रहण गरेकोले यस्को सर्वाधिक ऋणी छु , साथै गोरक्षपीठ बल्खु काठमाण्डूका स्वामी सम्बुद्धदेव ,सन्तोषी माता मन्दिर गुलरियाका पुजारी र प्रख्यात धर्मगुरु श्री कृष्णप्रसाद पौडेल,बगलामुखी मंदिर गुलरियाका धर्मगुरु श्री डिल्ली प्रसाद उपाध्याय, गणेशपुरका धर्मगुरु श्री राममूर्ति शर्मा, गुलरियाका धर्मगुरु श्री शतीशचन्द्र शर्मा, गुलरिया शक्तिपीठका धर्मगुरु श्री कृष्णकुमार गुप्ता र श्री रमेश पौडेल तथा श्रीकृष्ण मन्दिर गुलरियाका धर्मगुरु श्री धर्मेन्द्र शर्माको ज्ञान,जगतगुरु स्व. कृपालुजी महराजको प्रवचन,ओम् शान्तिकी व्याख्याता ब्रह्मकुमारी शिवानी
,श्री सुरेश ओबराय र कानुप्रियाको वार्तालाप, बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री विनोदकुमार अग्रवाल, एसोशियेट प्रोफेशर सर्वश्री श्याम सुन्दर शर्मा , राजेश चन्द्र श्रीवास्तव र वीरेन्द्र लमसाल, उपप्राध्यापक सर्वश्री विष्णु प्रसाद ज्ञवाली , राजेन्द्रप्रसाद धिताल, अरुणकुमार यादव, सूर्यमोहन सापकोटा, नारायण शर्मा पौडेल,वामदेव ज्ञवाली, चेतराज बजगाई सहितका महानुभावहरुसँग विभिन्न अवसरमा हुने गरेको सत्संगले मेरो लेखनीले भरपूर खुराक पाएकोले वहाँहरु प्रति कृतज्ञता प्रकट गर्दछु ।
साथै सर्वश्री डा.अनिल चौधरी, प्रशासकीय अधिकृत कृष्णराज पन्त, शिक्षक छत्रराज जोशी, दिलीपकुमार श्रीवास्तव, राजकुमार श्रीवास्तव, यज्ञगुरुका सुपुत्र अर्जुन सुवेदी,गुलरियामा मेरा अभिभावक र मार्गदर्शक कृष्ण प्रसाद शर्मा, गोविन्द प्रसाद पोखरेल र बर्दिया अफसेट प्रेसका मेघराज सिग्देल ले मलाई निरन्तर कलम चलाउन प्रेरित गरिरहनुभएकोले वहाँहरुलाई साधुवाद, धन्यवाद दिन चाहन्छु र, अधिवक्ता लल्लन प्रसाद श्रीवास्तव,रमेश चन्द्र ज्ञवाली, समाजसेवी त्रिमूर्ति—सर्वश्री नारायण प्रसाद श्रेष्ठ, दीनानाथ बख्रेल र कुलानन्द कर्ण,
स्पष्टवक्ता समाजसेवी मेघनाथ अधिकारी,खगेश्वर गौतम र खेमराजजीका सुपुत्र श्री किशोर गौतम,बर्दिया नागरिक समाजका अध्यक्ष श्री बालकृष्ण वली,फुलवारी एफ.एम का मैनेजर दीपक शर्मा,मेरा निकटतम मित्र सर्वश्री विष्णु प्रसाद तिमिल्सीना, बाबुराम पंथी, शरद पौडेल, नारायण प्रसाद पौडेल,जानकी शर्मा,मुकुन्द घिमिरे,राम— लक्ष्मण घिमिरे, भान्जा राजेन्द्र र विजय ंिसंह, डा.प्रदीप रिजाल र ने.वि.संघ काठमाण्डौ की नेतृ उर्मिला थपलियालाई प्रेरकका रुपमा सम्मान गर्न चाहन्छु । साथै नेपाल लोक सेवा आयोगका अध्यक्ष सर्वश्री उमेश मैनाली र नेपाल सरकारका सचिव मोदराज डोटेल, मेरा छोरी ज्वाँई सर्वश्री कमल र नितिन तथा नाती नातिना कनिष्का र कृशकमल लाई यो अवसरमा सम्झन चाहन्छु ।
यो पुस्तकका लेखन त्रुटिहरुलाई औंल्याई सुधार गर्न सहयोग गर्नूका साथै शुभकामना प्रकट गर्नु हुने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ श्री हरि प्रसाद तिमिल्सीना र बर्दियाली साहित्य समाजका अध्यक्ष श्री ईन्द्रराज पौडेललाई हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु । साथै यो पुस्तक को कम्प्यूटर टंकण, संयोजन तथा आवरण सं।चना देखि लिएर छापाखानामा समेत सहयोग गर्नूहुने स्व. कविगुरुका सुपुत्र श्री प्रभात सुवेदीले ठूलो गुन लगाउनु भएकोले वहाँलाई विशेष साभुवाद र कृतज्ञता प्रकट गर्दछु ।
यो पुस्तक पहिले निबन्धात्मक शैलीमा लेख्न थालेकोमा कविगुरु (यज्ञ गुरु )को स्वर्गवास पछि मैले वहांको नामलाई चिरस्मरणीय राख्नकालागि यसलाई संवाद शैलीमा परिवर्तित गरि लेखेको हुँ र भगवानका बारेमा उठ्न सक्ने शंका उपशंकालाई प्रश्नको रुप दिएर भरसक समुचित उत्तर दिेने प्रयत्न गरेको छु ।साथै यसमा हिन्दू धर्मको व्यवहारिक पक्षमा रहेका कमी कमजोरीलाई उजागर गर्दै अध्यात्म र विज्ञानको आपसी सम्बन्धबारे गहन विवेचना प्रस्तुत गरेर यो सानो पुस्तकलाई यौटा अनुसन्धनात्मक कृतिको रुपमा श्रृजन गरेको छु ।
यो पुस्तक समाज सुधारक,शिक्षक, धार्मिक व्यक्तित्व, नवयुवक, युवती ,प्रौढ, बृद्ध र विशेषतया विद्यार्थी वर्ग लगायत सबै तह र तप्काका लागि अतिशय उपयोगी ठहरिने छ र, आदर्श समाज निर्माणको लागि कोसे ढुंगा सावित हुने छ भन्ने विश्वास लिएको छु । यसकारण यसलाई निकट भविष्यमा हिन्दी र अंग्रेजी भाषामा समेत प्रकाशित गर्ने प्रयास भैरहेको छ ।
मैले यो पुस्तक को वाद संवाद मा काल्पनिक नाम नराखेर, आफना अत्यन्त निकटतम प्रिय जन र श्रद्धेयहरुलाई यो कृतिमा स्थान दिएर माया, श्रद्धा र सम्मान दिने चेष्टा गरेको हुं । जिज्ञासु उमा,कंचन,गुंजन,आदित्यपंकज र आशुतोष क्र्रमशःपत्नी,छोरी र छोराहरु हुन् भने रमेश,गायत्री,दीपक,रुपक,नीलू भाई र भाईका परिवार हुन् ।
उत्तरदाताहरुमा, क्याम्पसका एशोसियट प्रोफेशर श्री श्याम सुन्दर शर्मा मेरा अभिन्न मित्र हुन् भने गुलरिया लक्षमणपुरका स्व.श्री माधव प्रसाद पौडेल मेरा बालसखा । यस्तै श्री किशोर कुमार गौतम र स्व.श्री यज्ञ प्रसाद सुवेदी अतीव श्रद्धाका पात्र । सरकारीतन्त्र मै पनि चलेको नाम रामजी म स्वयम् हुं ।
विभिन्न पुस्तक तथा महानुभावहरुको विचारमंथन र संकलनबाट तयार भएको यो पुस्तकमा प्रश्नोत्तर संवाद जो कोई पात्रको मुखश्रीबाट निस्के पनि, समस्त रचना मेरो हो यस कारण यसमा व्यक्त विचार सम्बन्धी सम्पूर्ण दायित्व मेरो हो ।
पश्चिमी समाजको सामाजिक साहचर्य र पारिवारिक सम्बन्धको मान्यताको तुलनामा पूर्वी समाजको हिन्दुहरुको सामाजिक र पारिवारिक सम्बन्ध र संस्कृति बढी जीवनोपयोगी र सुख शान्तिदायक हुन्छ र पति पत्नी को सम्बन्ध अटूट हुन्छ भन्ने कुरा झल्किने गरी मैले लेखेको उपन्यास र श्री कमल अधिकारीले बनाउनु भएको भावनात्मक कभरपृष्ठ “शीलवती” ले पाएको चर्चा र यहाँहरुले दिनुभएको अपार सफलता पछि यो मेरो दोश्रो कृतिलाई पनि पाठक वर्गले प्रेमपूर्वक स्वीकार्नुहुनेछ भन्ने आशा लिएको छु र, यसमा भएका कमी कमजोरीहरुप्रति क्षमा माग्दै पाठकको सुझाव र सल्लाहलाई आदर गर्ने प्रतिबद्धता प्रकट गर्दछु ।
भवदीय
अयोध्याप्रसाद श्रीवास्तव, श्रोत: कर्णाली खबर
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment