एक करोडको गाडी चढ्दैछन् काठमाडौं महानगरका मेयर, नयाँ जनप्रतिनिधीको स्वागत तयारी तिब्र


काठमाडौं । चुनावी मतगणनामा ब्यस्तताका वावजुद काठमाडौं महानगरपालिकालार्इ अब चुनिने मेयर र उपमेयरको लागि कार्यकक्ष तयारी गर्न भ्याइ नभ्याइ छ। महानगरपालिका कार्यालय मेयर र उपमेयरकालागि कार्यकक्ष, फर्निचरहरु तथा चढ्ने गाडीको ब्यबस्था गर्नमा जुटेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन्।
नयाँ मेयर र उपमेयरकालागि आवश्यक तयारी गरिरहेको महानगरपालिकाले गाडी खरिद गर्ने विषयमा अन्तिम निर्णय गरिसकेको समेत प्रवक्ता कार्कीले बताए। नयाँ चुनिने मेयरकालागि एक करोड रुपैयाँको गाडी ल्याउने महानगरपालिकाले तयारी गरिरहेको छ। यस्तै उपमेयरकालागि ७० लाखको गाडी किन्ने निर्णय भएको छ। एक हप्ताभित्रै टेण्डर प्रक्रियामा जाने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

उनले एक महिनाको टेण्डर प्रक्रियामा जानुपर्ने भएपनि अत्यावश्यक भएकाले सर्ट नोटिसमै टेण्डर दिन लागेको बताए। ढिलोमा एक महिना सम्ममा गाडीहरु ल्याइसक्ने गरी टेण्डर दिने योजना महानगरले बनाएको छ। नयाँ गाडी नआउन्जेल मेयरकालागि हाल कार्यकारी प्रमुखले चढिरहेको ८० लाख रुपैयाँको निशान गाडी नै उपलब्ध गराइने समेत उनले बताए। यस्तै उपमेयरले ……
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment