हजुरलाई थाहा छ ? एक मुखे रद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ



द्राक्ष एक किसिम को दाना हो! रुद्राक्ष को रुख वा वृक्ष लाई रुद्राक्ष को रुख भनिन्छ! त्यहि महत्व पूर्ण रुख मा फल्ने दाना लाई नै रुद्राक्ष भनिन्छ ! हाम्रो हिन्दु धर्म मा रुद्राक्ष को रुख र दाना दुबैको उत्तिकै महत्वपूर्ण छ ! अहिले पनि हामीले विभिन्न घरहरुमा  रुद्राक्ष को रुख मा पूजा गरेको देख्दछौ  भने धेरै जस्तो रुद्राक्ष समन्धी ज्ञात भएका शिव भक्तहरु ले रुद्राक्ष को एउटा दाना लकेट बनाएर वा रुद्राक्ष को माला धारण गरेको पनि देखछौ ! रुद्राक्ष को महत्व को बारेमा हाम्रो हिन्दु धर्ममा सबै भन्दा धेरै उचाई छ ! यो पनि भनिएको छ कि रुद्राक्ष स्वोयम शिव भगवान हो र रुद्राक्ष दाना भगवान महादेव(पशुपतिनाथ) को प्रिय आभूषण पनि हो !रुद्राक्ष महत्व को बारेमा बिस्तृत जानकारी हाम्रो हिन्दु धर्म को थुप्रै ज्ञानबर्दक किताब र ठुला ठुला किताब जस्तै पुराण,देवी भागवत गीता,नेपाल महात्म्य,हिम्ब्वत खण्ड  मा सम्पूर्ण जानकारी सहित उल्लेख गरिएको छ !
रुद्राक्ष को उत्पन्न को बारेमा यो भनिएको छ कि रुद्राक्ष भगवान शिव को आखा को आशु बाट उत्पन्न भयिएको हो १ एकदिन शिवजी ले एक हजार वर्ष भन्दा बढी ध्यान गरेर आखा खोल्दा केहि थोपा आशु आखा बाट खसेको र खसेको ठाउँ बाट नै रुद्राक्ष को वृक्ष उत्पन्न भयिएको हो भनि पुराण मा उल्लेख गरिएको छ १ तेही रुद्राक्ष को वृक्ष मा नै रुद्राक्ष को दाना फ़ल्दछ १
रुद्राक्ष सब्द संस्कृत भाषा बाट निकालिएको हो १संस्कृत भाषामा रुद्राक्ष दुई वटा सब्द ले बनेको छ१ दुईवटा सब्द को नाम रुद्र ं आक्ष हो जहाँ  रुद्र भगवान शिव को धेरै नाम मध्ये एक हो भने आक्ष भन्ना ले आखाको आशु भनेर बुज्नसक्छौ१ रुद्राक्ष भगवान शिव को आशु को थोपा बाट उत्पन्न भयिएको हो

रुद्राक्ष मुखी कसरी पहिचान गर्ने
प्रत्यक रुद्राक्ष को दाना मा मुखी हुन्छ १ मुखी भन्ना ले रुद्राक्ष मा भएको प्राकृतिक धार हो १ विभिन्न प्रकारको रुद्राक्ष को विभिन्न मात्रामा धार हुन्छ१ कुनै रुद्राक्ष मा १ धर्का हुन्छ भने कुनै मा २ ओटा, कसैमा ३ वटा र कसैमा १० वटा धर्का पनि हुन्छ १  रुद्राक्ष दाना को धर्कारधाररलाईन लाई आखा र हात ले गन्न सकिन्छ१यो रुद्राक्ष को रुख मा कुनै मुखी सहित पनि फल्न सक्छ१ एउटा सिंगो रुख मा सबै मुखी छरिएर रुद्राक्ष फल्ने गर्दछ १धेरै जस्तो रुद्राक्ष को रुख मा एउटा समय मा एक मुखी पनि तेही,२ मुखी पनि तेही ,र थुप्रै मुखी पनि तेही रुख मा फ़ल्दछ१ रुद्राक्ष को रुख मा कुनै मुखी पनि फल्न सक्दछ

रुद्राक्ष(Ultrasum Bead Tree , Rosery Nut), नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् | यसको दानामा माथिबाट झरेका रेखाहरु (Vertical ) रेखाहरु हुन्छन् | त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ | यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई "लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल" भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । 'रुद्राक्ष रहस्य' नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।


नौ मुखी रुद्राक्ष
धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ । विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ ।[१] रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।



रुद्राक्ष पाइने मुख्य स्थान[सम्पादन गर्ने]
पश्चिम नेपालको काश्की, स्याङ्जा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् । रुद्राक्ष नेपालको अतिरिक्त, बर्मा, इङ्गल्याण्ड, बंगलादेश तथा मलेशियामा समेत अत्यधिक पाइने गर्दछ । भारतको बिहार, बंगाल, मध्य प्रदेश, आसाम तथा महाराष्ट्र पनि पाइन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । यस्को बोट १८-२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ । यस्को फल गोलाकार,१.३-२ सेमी व्यास तथा काँचो अवस्थामा हरियो रङ्गको हुन्छ । यस्को बीजलाई रुद्राक्ष भनिन्छ । यस्को पुष्पकाल तथा फलकाल फेब्रुअरी देखि जुन सम्म हुन्छ ।

रुद्राक्षको नाम र त्यसको उपयोग[सम्पादन गर्ने]
एकमुखे रुद्राक्ष
यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

द्विमुखी रुद्राक्ष
सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।

त्रिमुखी रुद्राक्ष
ऐश्वर्य प्रदान गर्ने ।

चतुर्थमुखी रुद्राक्ष
धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।

पञ्चमुखी रुद्राक्ष
सुख प्रदान गर्ने ,सन्तान सुख।

षष्ठमुखी रुद्राक्ष
पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।

सप्तमुखी रुद्राक्ष
दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।

अष्टमुखी रुद्राक्ष
श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।

नवममुखी रुद्राक्ष
भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।

दसमुखी रुद्राक्ष
विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।

एघार मुखी रुद्राक्ष
भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।

बाह्र् मुखी रुद्राक्ष
भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।

तेह्र् मुखी रुद्राक्ष
इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।

चौध मुखी रुद्राक्ष
हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।

रुद्राक्षका औषधीय गुणहरू[सम्पादन गर्ने]
रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियंत्रित गर्दछ ।
रुद्राक्षलाई पिंधेर महको साथमा लगाउँनाले दादमा लाभ हुन्छ ।
रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउँनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ ।
रुद्राक्षको फललाई पिंधेर लगाउँनाले दाह (जलन) मा शान्ति हुन्छ। सितलता प्राप्त हुन्छ ।
यदि बच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५-५ मिनट को अन्तरालमा रोगी बच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ र बच्चालाई एकछीनमा निको महसुस हुन्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment