हिमालय एयरलाईन्सले सुरु गर्यो काठमाडौं-दुबई सिधा उडान

काठमाडौं । नेपाल-चीनको सँयुक्त लगानिमा सञ्चालित हिमालय एअरलाइन्सले काठमाडौं-दुबई प्रत्यक्ष उडान सुरु गरेको छ ।


शुक्रबार विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० बजेर ४० मिनेट जाँदा उडाएर दुबईको अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १ बजेर २५ मिनेट जाँदा अवतरण गराइएको हो । हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने हिमालय एअरलाइन्सले तीन वटा एअरवस ए-३२०-२१४ मध्ये एउटा एअरवस काठमाडौं-दुबई उडानका लागि सञ्चालन गरेको जनाएको छ । जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमि क्लास रहेको छ । एअरलाइन्सले Fishtail Travel and Tourism LLC, दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्ने एअरलाइन्सले जनाएको छ ।
२०१४ मा स्थापित हिमालय एअरलाईन्स्ले मे ३१, २०१६ देखि कतारको दोहामा आफ्नो सिधा नियमित उडान सुरु गरेको थियो । अहिले एअरलाईन्स्ले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ र शुक्रबारदेखि दुबईमा पनि सिधा उडान सुरु गरेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment