राजधानीमा भूत आतंक ! खाली घरबाट रोएको आवाज आएपछि भागाभाग !!

काठमाडौं । यो काठमाडैंको कमलादीस्थित पाँच तल्ले घर । यो घर २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्प पछि खाली छ ।पछिल्लो दिन पसल राख्ने भन्दै यो घरमा तयारी थालिएको थियो । तर, पसल सुरु हुनु अगावै यहाँ यस्तो घटना भयो जसले पसलको साहु मात्रै नभएर वरपरका मानिसलाई समेत आतंकित बनायो ।राजधानीको अत्यन्तै व्यस्त क्षेत्र मानिने कमलादीस्थित एक घरमा आइतबार दिउँसो एक्कासी भूतको हल्ला चल्यो । हल्ला चले लगत्तै त्यहाँ भीड मात्र जम्मा भएन वरपरकाले आ–आफनो पसल समेत बन्द गरे ।


स्थानीयवासीका अनुसार बिहान ११ बजे यो घरबाट महिला रोएको आवाज सुनियो । लामो समयदेखि खाली रहेको घरबाट महिला रोएको आवजले सबैलाई अचम्मित बनायो । रोएको आवज कसको हो भनेर छानविन गर्दा कोही भटिएन ।करिब आधा घन्टा पछि फेरि पहिलेको जस्तै आवाज आयो । यस पटक भने महिलाले बचाउ बचाउ भन्दै चिच्याएकी थिइन । दोस्रो पटकको आवाजपछि त्यस क्षेत्रमा भागदौड नै मच्चियो । वरपरका पसल बन्द भए ।

तत्काले प्रहरी पनि घटनास्थलमा पुग्यो । प्रहरी र स्थानीयवासीले पुरै घरको खानतलासी गरे तर केही भेटिएन । प्रहरीले घरको खानतलासी गरिसकेपछि सो क्षेत्रको अवस्था सामान्य भएको छ । तर महिला चिच्याएको आवाज कहाँबाट आएको हो अझै रहस्यमै छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment