पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?????सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!


कपाल झर्ने समस्याको घरेलु रोकथामका विधिहरूमा तेलले मालिस गर्ने साथै नरीवलको तेल, अण्डा, अवोकाडो, सुन्तलाको जुस, घ्यूकुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग पर्दछन्। साथै, फलमासु खान छोड्ने, गेडागुडी र खैरो भात खाने अनि भिटामिन बी-कम्प्लेक्स खाने गर्दा पनि पुरुषहरूमा कपाल झर्ने समस्यामा कम हुने गर्दछ।जस्तोसुकै संस्कृति, वर्ग, राष्ट्रियता, धर्म वा रङ्गको व्यक्ति भएपनि विश्वका लाखौँ पुरुषहरूको उमेर ढल्किँदै गएपछि उनीहरूमा आउने एउटै समस्या भनेको कपाल झरेर तालु खुइलिने नै हो। फेरि त्यहिँ यस्ता भाग्यमानी पुरुषहरू पनि छन् जसले ७०/८० वर्ष पुगिसक्दा पनि कपाल झर्ने समस्या भोग्नुपर्दैन। तर, अधिकांश पुरुषहरूको भने ४० वा ५० वर्षको उमेरबाटै, अझ कत्तिको त २०/२५ वर्षको उमेरबाटै कपाल झर्न थालिसकेको हुन्छ।
पुरुषहरूमा कपाल झर्ने समस्याका कारण अनेकौँ हुन सक्छन्- मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको सङ्क्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी अथवा हरमोनमा असन्तुलन हुँदा पनि कपाल झर्ने समस्या आउन सक्छ। साथै, तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि पुरुषहरूको कपाल झर्न सक्छ।

यो कुरा भन्नु महत्वपूर्ण हुन आउँछ कि महिलाहरूमा पनि यस्तै कारण अथवा भिन्नै कारणले गर्दा कपाल झर्ने समस्या आउने हुन्छ। तर यस्तो समस्याले अधिकांश मात्रामा पुरुषहरूलाई बढि सताएको पाइएको छ
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment