भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु सबै नेपाली हरु ले रिप लेखी कमेन्ट गर्नु होला

 भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो ।


शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उहाँ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ ।यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् । तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment