अनारको बोक्राको पनि यस्ता फाईदा ! ! अनार खानुस यी १५ खतरनाक रोग लाग्नै दिदैन !

अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।



यस्ता छन् अनारका फाइदा :
धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।

पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

किड्नी जोगाउँछ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।

गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

कोलेस्टोल घटाउँछ : अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।

क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ : अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।

रक्त अल्पताबाट जोगाउँछ : अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

शरिरलाई शान्त बनाउँछ : अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।

कलेजोको उपचार : अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।

पेटलाई शान्त पार्छ : अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।

छालालाई पनि फाईदा : च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।

कपालको रक्षा : नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

यौन स्वास्थ्य मजबुत पार्छ : अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।
नोट: स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ ।

अनारको बोक्राको पनि यस्ता फाईदा !

धेरै यस्ता फलफुल छन् जसलाई खाँदा हामी स्वास्थ रहन सक्छौँ । त्यस्ता फलफुल मध्ये अनार पनि एक हो । अनार खानुका निकै फाईदा छन् त्यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर, अनारको बोक्रा पनि निकै उपयोगि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

भिटामिन युक्त अनारको बोक्राले छाला चम्किलो पार्ने मात्र होईन कैयौँ रोग पनि लाग्नबाट बचाउन सक्छ । महिनावारीको समयमा अत्यन्त पीडा भएमा यसको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई पिसेर पानीमा घोलेर खानाले पीड, दुखाई कम हुनसक्छ ।

साथै, कपाललाई स्वस्थ बनाउन या चाँयाको समस्याबाट छुटकारा पाउन होस् तेलमा अनारको बोक्राको धूलो मिसाएर कपाललमा लगाउने र दुई घण्टापछि शेम्पोले नुहाउनाले त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यतिमात्र मुटु रोगीका लागि पनि यो निकै उपयोगी छ । बोक्राको धूलो पानीमा मिसायर खानाले निकै फाईदा हुन्छ । अनुहारमा आउने डन्डिफोरमा पनि यसको लेप बनाएर लगाउनाले निकै फाईदा हुने देखिन्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment