नेपालगन्जको धम्बोजी चोकमा भीषण आगलागी

नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ ।

करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पसललाई समेत क्षति पु¥याइएको छ । नजिकैको होटलमा मान्छे रहेको आशङ्कामा प्रहरी उद्धारमा जाँदा एक प्रहरी घाइते भएका छन् ।

घाइते भएका तालिम केन्द्रका प्रहरी निराजन विकको नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । आगो विद्युत् सर्ट भएर लागेको आशङ्का गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment