केटीहरु आफ्नो पार्टनरमा के खोज्छन्, केटाहरुले थाहा पाउनुपर्ने ७ कुरा

एजेन्सी । एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले महिलालाई सजिलै आकर्षण गर्न पुरुषमा हुनुपर्ने गुणहरुबारे एक सामाग्री तयार पारेका छौं ।

फिट पेट
केटीहरुलाई फिट केटाहरु निकै मनपर्छ । उनीहरुलाई केटाको पेट बाहिर निस्केको मन पर्दैन । पेट बाहिर निस्कने केटाहरुले दिनको शुरुवात कागती पानी खाएर गर्न सक्छन् । यसले शरीरको टक्सिन बाहिर निकाल्न मद्दत गर्छ र पेट घटाउँछ ।
सरसफाईमा ध्यान
केटीहरुलाई सरसफाईमा ध्यान दिने केटा मनपर्छ । कसैको शरीर सरफाई गर्दा पनि नराम्रो गन्ध आउने हुन्छ । यसको लागि केटाहरुले निमको पातलाई तातो पानीमा उमालेर नुहाउन सक्छन् । यसले शरीरको दुर्गन्ध हटाउँछ ।

सफा दाँत
केटीहरुलाई मुस्कान राम्रो भएका केटाहरुले छिट्टै आर्कषण गर्छन् । मिठो मुस्कानको लागि दाँत सफा राख्न जरुरी छ । तर कसैको दाँत भने धेरै मेहनत गर्दा पनि सफा नहुने फोहोर देखिने हुन्छ । यसको समाधानको लागि केटाहरुले सुन्तलाको बोक्रा र तुलसीको पात सुकाएर पाउडर बनाई दाँत मसाज गर्न सक्छन् । यसो गर्नाले दाँत सफा हुन्छ ।

स्वस्थ कपाल
केटीहरुलाई कपाल राम्रो भएको केटाहरु निकै मनपर्छ । त्यसमा पनि कपालको राम्रो स्याहार गर्ने केटा केटीहरुले रुचाउँछन् । तर कसैको कपाल भने जति सुकै स्याहार सुसार गर्दा पनि राम्रो नदेखिने हुन्छ । यसको लागि केटाहरुले प्याजको रस निकालेर कपाल र तालुमा लगाउन सक्छन् । एक घण्टा पछि यसलाई कपालमा राखेर धुनाले कपाल सफा हुन्छ । यस्तो प्रक्रिया हप्तामा २–३ पटक दोहोर्यो भने कपाल स्वस्थ हुन्छ ।

तागतिलो
केटीहरुलाई तागतिलो केटा मनपर्छ । फिट भएर काम गर्ने केटाहरुले केटीहरुलाई छिटो प्रभाव पार्छन् । तर कोही भने चाहदा चाहँदै पनि खासै तागतिला हुँदैनन् । त्यस्ता व्यत्तिहरुले ६–७ चम्चा चनाको दाल एक गिलास दुधमा मिसाएर पिएमा तागत आउँछ । यसले स्टेमिना बढाउन मद्दत गर्छ ।

सासको गन्ध
धुमपान र मद्यपान गर्ने केटाहरु केटीहरुलाई मन पर्दैन । तर तपाईँमा यो बानी छ भने त्यसलाई कम गर्नुहोस् । त्यसको लागि दालचिनी चपाएर, चिया वा पानीमा मिसाएर खान सक्नुहुन्छ । यसले सास गन्हाउने समस्या हट्छ ।

हेल्दी स्किन
केटीहरुलाई सफा चिटिक्क पर्ने केटाहरु मनपर्छ । धुलो धुवाँका कारण अनुहारको छाला छिट्टै फोहोर हुन्छ र छालामा बिभिन्न समस्याहरु देखा पर्छन् । जसका कारण अनुहारको चमक कायम त्यति सहज छैन । यसको लागि केटाहरुले हप्तामा दुई पटक क्लिन्जिङ गर्न सक्छन् । यसले अनुहार डेड सेल्स हटाउँछ र छालाको चमक बढ्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment