काठमाडौं । राजधानी काठमाडौंको कमलादीस्थित मुख्य सडकसंगै जोडिएको एक भब्य भवनमा सोमबार बिहानदेखि भूत आतंक सुरु भयो । घरमा भूतले अनौठो आवाज निकालिरहेको हल्ला चलेपछि मानिसहरु भेला हुन थाले । प्रहरी कार्यालयसम्म खबर पुगेपछि केही प्रहरी आए र घर खानतलासी गर्न थाले । घरको तलदेखि माथिसम्म पुग्दा पनि प्रहरीले “भूत” फेला पार्न सकेन ।
तर भूतको हल्ला सुनेकाहरु घरनजिक भेला हुने क्रम भने जारी नै रह्यो । नेपाल जर्नलको टिम भूत भएको भनिएको घर पुग्दा वरिपरि मान्छे जम्मा हुने र घर हेर्ने क्रम जारी नै थियो । एक्काईसौँ शताब्दीको विज्ञान प्रविधिको जमाना, त्यसमाथि काठमाडौंको मुटु मै भूत भएको हल्ला भएपछि हामीले यसको वास्तविकता केलाउने जमर्को गर्यौंं ।
यस्तो थियो घटनाक्रम
बिहानको करिब साँढे ५ बजे, उक्त घरसँगै जाेडिएकाे घरमा रहेकाे पसलकी संचालिका आफ्नो पसल खोल्न कमलादी पुगिन् । पसल रहेको घरको पछाडिको पार्किङमा स्कुटर छोडेर फर्कंदै गर्दा अनौठो आवाज उनकोको कानमा ठोक्कियो । बिहानपख लगभग सुनसान नै हुने त्यस क्षेत्रमा उनले सुनेको आवाज स्त्रीमाथि जर्बजस्तीको प्रयास भए जस्तो रहेको उनले बताईन् । जुन घरबाट त्यस्तो आवाज निस्किएको थियो, त्यो घरको माथिल्लो भाग भूकम्पपछि खाली अवस्थामा थियो ।
बिदेश बस्ने एक राणा परिवारको स्वमित्वमा रहेको घरको सटरबाट भर्खरै मात्र फर्निचरको सोरुम हटेको थियो । संचालिकाले सुनेको आवाज दुई तीन पटकसम्म दोहोरिए पछि उनलाई लाग्यो यहाँ कसैले महिलामाथि अभद्र व्यवहार गर्दैछ । उनले छिमेकी अर्की दिदीलाई भनिन् । दिदीले अरुलाई भनिन् । केही बेरमा प्रहरीसम्म खबर पुग्यो । प्रहरीले घरको खानतलासी लियो तर त्यस्तो शंकास्पद् गतिविधि केही पनि पाएन । महिलामाथि जबर्जस्ती गरिएको वा भूत भएको भन्ने कुनै प्रमाण घटनास्थलमा प्रहरीले पाएन । प्रहरी फर्कियो तर घर वरिपरी मान्छे जम्मा हुने र अनेकन अड्कल काट्ने कार्य रोकिएन ।
भूतको हल्ला सामाजिक सञ्जाल फेसबुकसम्म पुग्यो । अहिले फेसबुकका भित्तामा घरको फोटो राखेर भूत भेटियो भन्दै धेरै प्रचार भइरहेका छन् । स्थानीय केही बुद्धिजिविले भने भूतको हल्ला फैलाएर अमूक व्यक्तिहरुले समाजमा आतंक मच्चाउन खोजेको हुनसक्ने बताएका छन् । विदेशमा बस्ने राणा परिवारको सम्पति सस्तोमा किन्न खोज्नेहरुले यस्तो नचाहिँदो हल्ला गरेको हुनसक्ने अनुमान लगाउनेहरु पनि छन् । राजधानीको मुटु कमलादीको खाली घरमा धेरैको आँखा पर्नु स्वभाविक पनि हो ।

0 comments:
Post a Comment